२७ मंसिर सुर्खेत । कर्णाली प्रदेश सरकारका मूख्यमन्त्री राजकुमार शर्माले विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गर्नु भएकाे छ ।
राष्ट्रिय योजना आयोगले आगामी १६ औ पञ्चबर्षिय योजना तर्जमाका लागि बुधवार कर्णाली प्रदेशको सुर्खेतमा सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री शर्माले विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गर्नु भयो ।
कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले संघीय सरकारले सहयोग नगरेका कारण कतिपय परियोजनाहरु अघि बढाउन समस्या भएको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले कर्णाली प्रदेशको द्रुत विकास आवश्यक रहेको बताउनु भयो ।
उहाँले १६औँ योजना वस्तुपरक र यथार्थ बन्ने भन्दै त्यसका लागि सबै प्रदेशमा गएर सबै क्षेत्रको सुझाव संकलन गरिएको बताउनु भयो ।
१६औँ पञ्चवर्षीय योजना कस्तो बनाउने भन्ने सुझाव लिनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा. तोयनारायण ज्ञवाली, सहसचिव महेश भट्टराईसहितको टोली सुर्खेत पुगेको थियो आयोगले यसअघि ६ वटा प्रदेशमा पुगेर १६ औ योजना तर्जूमाका लागि सुझाव लिइसकेको छ ।
याे संगै राष्ट्रिय योजना आयोगले आगामी १६ औ पञ्चबर्षिय योजना तर्जमाका लागि सातै प्रदेशस्तरमा सुझाव लिने क्रम सकेको छ ।
योजनाको वारेमा प्रदेशस्तरमा सुझाव लिने क्रममा बुधवार कर्णाली प्रदेशको सुर्खेतमा सुझाव संकलन गरेसगै यो क्रम सकिएको हाे ।