२८ मंसिर, काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा नेपालमा खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण रेमिटेन्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्ममा विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले बढेकाे जनाइएकाे छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले मात्र बढेको थियो । यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलव एक प्रतिशतले वृद्धि भै तीन अर्ब ६० करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव आठ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ३७ हजार चार सय ७५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ६८ हजार आठ सय ४१ छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ९६ हजार सात सय ३५ र ८७ हजार चार सय २८ थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २४ दशमलव नौ प्रतिशतले वृद्धि भै पाँच खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० दशमलव दुई प्रतिशतले बढेको थियो ।
मा प्रकाशित