स्टार्टअपमा लगानीकर्ता इच्छुक देखिए ५ लाखसम्मको सहुलियतपूर्ण कर्जा ३ प्रतिशत व्याजमा

आर्थिक परिवेश

८ पुष,काठमाण्डौ ।  नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेष्ट २०२३ काठमाण्डौमा सम्पन्न भएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न दोस्रो संकरणको  नेपाल स्टार्टअप फेष्टको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल ९ मध्ये ५ वटा स्टार्टअपमा लगानी गर्न लगानीकर्ता इच्छुक देखिएका छन् ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गर्दा पाँच सय बढी स्टार्टअपहरुको आवेदन परेको थियो ।

त्यसमध्ये अन्तिम छनौटमा परेका ९ वटा स्टार्टअप परियोजनालाई फेस्टमा प्रस्तुतीको अवसर दिइएको थियो ।

त्यसमध्ये गल्ली म्याप्स्, टावरअर्गानिक्स्, एसटीओएमपी, पाईटेक नेपाल र ड्रप सिपिङ्ग स्टार्टअप परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा देखाएका हुन् ।

यी स्टार्टअपमा यी स्टार्टअपमा हिमालयन क्यापिटल, लोटस होल्डिङ, रिलायवल भेन्चर्स, अल्फा प्लस भेन्चर लिमिटेड, टेली भेन्चर, एनआईएमबी एस क्यापिटल र टीम भेन्चर लगानीका लागि इच्छुक भएका हुन् ।

सोही समारोहमा विभिन्न विधामा स्टार्टअप कम्पनीहरुलाई अवार्ड प्रदान गरिएको छ । स्टार्टअप अफ द इयरको अवार्ड – हाम्रो पात्रो हेल्थले प्राप्त ग¥यो ।

यसैगरी बेष्ट इनोभेसन अफ द इयर अल्लोइ प्रा.लि., कस्टुमर एक्सिलेन्स अवार्ड पेट मामा, ग्रीन स्टार्टअप अफ द इयर डोको रिसाइकल्स्, सोसियल इन्टरप्राइज अफ द इयर चायो बायो, इनेबलर्स अफ आन्टरपेनर्स इन्भेष्ट फर इम्प्याक्ट नेपाल, वमन इन आन्टरपेनर्स डा. प्रतिभा पाण्डे, वेष्ट स्टार्टअप आइडिया रेः मिनी ई–स्कुटर र वेष्ट पिचडेक अवार्ड एसटीओएमपीले प्राप्त गरे ।

यसैगरी नबिल एसएसई एक्सिलेन्स अवार्ड अम्बिता भडारीले प्राप्त गरे । यस्तै एनआईएमबी एस क्यापिटलले डेलिस डायरिजमा लगानीको घोषणा गरेको छ ।
अवार्डबाट सम्मानित स्टार्टअपहरुलाई परिसंघले मेक इन नेपाल स्वदेशी अभियानको एक वर्षका सदस्यता प्रदान गरेको छ ।

सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट २०२३ को समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले अवार्ड प्रदान गर्नुभएको हो ।

सो अवसरमा उहाँले हाल नेपालमा सूचना प्रविधिको बढ्दो प्रयोग एवं नवीन व्यासायिक सोच युक्त उद्यमशील संस्कारको विकास भइरहेको बताउनुभयो ।

स्टार्टअपमा आधारित व्यवसाय थालनी गर्ने र सञ्चालनमा रहेका स्टार्टअपलाई स्तरोन्नति गर्न चाहने उद्यमीलाई आवश्यक ज्ञान, सीप, प्रविधि र अनुभव हस्तान्तरण गर्न, वित्तीय पहुँच र सहयोग बढाई स्टार्टअप अनुकूल इकोसिस्टम विकास गर्नु जरुरी भएको उहाँले बताउनुभयो ।

नवीनतम उद्यम तथा स्टार्टअपलाई प्रवद्र्धन गर्न सरकारका तर्फबाट आवश्यक सम्पूर्ण नीतिगत तथा कार्यगत सहयोग गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्रिय स्टार्टअप उद्यम नीतिको मस्यौदा गरेको बताउनुभयाे ।

उहाँले स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न कार्यविधिको मस्यौदा समेत तयार भई स्विकृतिको चरणमा रहेको बताउनुभयो ।

कार्यविधि तर्जुमा भएपछि स्टार्टअप उद्यमीहरुलाई २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा ३ प्रतिशत व्याजमा उपलब्ध गराउने गरी कानूनी व्यवस्था मिलाईने मन्त्री रिजालले बताउनुभयो ।

नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले युवाहरुलाई उत्प्रेरणा प्रदान गर्दै नेपालमा स्टार्टअप, व्यवसायिक वातावरणका विषयमा सरकार र नीजि क्षेत्रकाे भूमिका महत्वपूर्ण भएको बताउनु भएकाे  थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग स्टार्टअप फेस्टको प्रमुख नीति साँझेदार रहेको थियो । यसैगरी राष्ट्रिय योजना आयोग, नेपालस्थित भारतीय राजदूतावास, यूरोपियन यूनियन, अन्तर्राष्ट्रिय श्रम संगठनको समेत सहकार्य भएको थियो ।

मा प्रकाशित