कृषिकाे विकासका लागि सरकारले कृषि क्षेत्रमा लगानी दशक घाेषणा गर्ने

आर्थिक परिवेश

१० पुष, काठमाडौं ।  कृषिकाे विकासका लागि सरकारले वि.स. २०८१–९१ साललाई कृषि क्षेत्रमा लगानी दशककाे रूपमा  घोषणा गर्ने भएको छ ।

वर्तमान सकारको १ वर्ष पुगेको अवसारमा प्रधानमन्त्री पुष्पकामल दाहाल प्रचण्डले मंगलवार राष्ट्रका नाममा सम्बोधन गर्दै आागमी याेजना मार्फत कृषिमा लगानी दशक घोषणण गर्ने तयारी भएको बताउनु भयाे  ।

‘खाद्यान्न प्रणाली र कृषि क्षेत्रको रुपान्तरणका लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक २०८१–९१ घोषणा गर्ने सरकारको तयारी छ,’ प्रधानमन्त्रीले भन्रु भयाे ।

, ‘कृषिमा राज्यको लगानी घटेको छैन तर, उत्पादकत्व बढेको पनि छैन । यसमा सुधार गर्न जरुरी छ प्रधानमन्त्रीकाे भनाइ थियाे ।’

उहाँले सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पुर्‍याइ कृषि क्षेत्रमा उपलब्ध गराइएको अनुदान यसै आर्थिक वर्षभित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणको आधारमा अनुदान तथा मल वितरण सुरु गर्ने बताउनु भयाे  ।

‘प्रमुख तरकारी तथा खाद्यान्नमा उत्पादनमा आधारित अनुदान लागु गरिंदैछ । दूध किसानको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी हुँदैछ,’ प्रधानमन्त्रीले सम्बाेधनकाे क्रममा  भन्रु भयाे ।

मा प्रकाशित