पाँच महिनामा सरकारले  चार अर्ब ७६ करोड रूपैया बराबर रकमान्तर गरयाे

आर्थिक परिवेश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले  चार अर्ब ७६ करोड रूपैया बराबर रकमान्तर र  सात अर्ब ६४ करोड रूपैया बराबरकाे  थप निकासा गरेको छ ।

पाँच महिनाको अवधिमा विभिन्न आठ वटा आयोजना तथा कार्यक्रमका लागि  सात अर्ब ६४ करोड ४८ लाख रूपैया बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले सार्वजनिक गरेको पाँच महिनाको आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिसम्बन्धी विवरणअनुसार अर्थ विविध शीर्षकमा पछिल्लो पाँच महिना अवधिमा  दुई अर्ब एक करोड चार लाख ९४ हजार रूपैया निकासा भएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित