२१ पुष, मनहरी (मकवानपुर) । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा बजार क्षेत्रकाे सडक विस्तारमा सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
मकवानपुर उद्योग वाणिज्य सङ्घको ५७ औँ वार्षिक साधारण सभामा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकारभित्र नपरे पनि प्रदेश राजधानी क्षेत्रका सडक विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
आफूले व्यवसायीको मर्का र समस्यालाई नजिकबाट बुझेको उल्लेख गर्दै मुख्यमन्त्रीले जम्कट्टेलले विकास सम्भव छ, यही सरकारबाट विकासले तीव्र गति लिने बताउनुभयो ।
प्रदेशभित्रका ठुला उद्योग र औद्योगिक क्षेत्र प्रदेश मातहत ल्याउन नसक्नुको कारण जग्गा, विद्युत्, राजस्व सङ्घीय सरकार मातहत रहनु हो भन्दै उहाँले प्रदेश सरकार १० ठाउँमा उद्योग ग्राम र कोसेली घर निर्माणको तयारी रहेको बताउनुभयो ।
प्रदेश सरकारलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यमा उद्योग वाणिज्य सङ्घको पनि सहयोग आवश्यक पर्ने बताउँदै मुख्यमन्त्री जम्कट्टेलले उत्पादन र व्यवसायको मोडल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकार र निजी क्षेत्रबाट कृषि, पर्यटनपछि व्यापार–व्यवसाय वृद्धि गर्न युवा जनशक्तिलाई प्रयोग गर्न आग्रह गर्नुभयो ।
मा प्रकाशित