नेप्से २० दशमलव ६२ अङ्कले बढयाे शेयर काराेवार छ अर्ब ११ करोड बढी

आर्थिक परिवेश

२४ पुष, काठमाडौँ । नेपाली शेयर बजारकाे  परिसूचक  नेप्से २० दशमलव ६२ अङ्कले बढेकाे  छ । मंगलवार  नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ । यस दिन परिसूचकका साथै काराेवार रकममा पनि उच्च अंकले बढेकाे छ ।

यस दिन तीन सय नौ कम्पनीहरूका  एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयरहरू छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ बराबरको कारोबार भएको छ ।

जलविद्युत् समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०४ र म्युचुअल फन्ड समूह शून्य दशमलव १५ प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ ।

यस दिन सबैभन्दा धेरै विकास बैङ्क समूह पाँच दशमलव २१ र होटल तथा पर्यटन समूह तीन दशमलव ६४ प्रतिशतले बढेका छन् ।

आठ कम्पनीको शेयर मूल्यमा मंगलवार सकारात्मक सर्किट लागेको छ । विकास बैङ्कको शेयर कारोबार बढेको देखिएको छ ।

कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेड, सिन्धु विकास बैङ्क लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेड, अपर स्याङ्गी हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र हिमालय रिइन्सुरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव १९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु २१ करोड ४९ लाख ४५ हजार आठ सय ९३ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैङ्क लिमिटेडको आठ लाख ५१ हजार ५० कित्ता शेयर किनबेच भएको छ ।

मा प्रकाशित