२६ पुस, काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थी संख्या बढेसँगै पाँच महिनाकाे अवधीमा ४७ अर्ब ३५ करोड रुपैयाँ नेपालबाट विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड बढी हो । गतवर्ष ५ महिनामा शिक्षामा २८ अर्ब ८१ करोड विदेशिएको थियो ।
अघिल्लो वर्षको यसै अवधिमा खुद सेवा आय ३० अर्ब ९६ करोडले घाटामा थियो । तथ्यांक अनुसार सेवा खाता अन्तर्गत भ्रमण आय ४७.५ प्रतिशतले बढेर ३३ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । पर्यटक आगमनमा देखिएको उत्साहजनक वृद्धिले भ्रमण आय बढेको हो ।
मा प्रकाशित