गैर आवासीय नेपाली संघले मानवीय कार्यमा ६ करोड ६६ लाख परिचालन

आर्थिक परिवेश

०६ माघ, काठमाडौं ।  गैर आवासीय नेपाली संघको नव निर्वाचित कार्य समितिले काम शुरु गरेको ९० दिनको अवधीमा करिब ६ करोड ६६ लाख ९१ हजार रुपैया बराबरका विभिन्न मानवीय सहायता नेपालमा परिचालन गरेको जनाएको छ ।

संघले सञ्चालन गरेका मोबाइल ब्लड बस, अक्सिजन प्लान्ट स्थापना, जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुको सहयोग, खेल क्षेत्रमा आर्थिक सहयोग लगायतको मानवीय सहायताको लागि उक्त रकम परिचालन गरेको संघले जनाएको छ ।

सघले बालुवाटारस्थित मुख्य कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका नव निर्वाचित अध्यक्ष बद्री केसीले छोटो समयमा गैर आवासीय नेपाली संघको पहलमा भूकम्प प्रभावित लगायतका क्षेत्रमा मानवीय सहायत स्वरुप विभिन्न सहयोग परिचालन गरेको बताउनु भयो ।

यस अवधीमा अझ धेरै काम गर्ने योजना हुदाँहुदै पनि निर्वाचनबाट पराजित भएका साथीहरुको असहयोगका कारण संघको नविकरण लगायतका थुप्रै काम गर्न नसकीयको अध्यक्ष केसीले उल्लेख गर्नु भयो ।

गैर आवासीय नेपाली संघका राष्ट्रिय समिति लगायतबाट संकलित करिब १ करोड २४ लाख ६८ हजार रुयैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग भूकम्प प्रभावित क्षेत्रमा स्थानीय सरकारहरूसग समन्वय गरेर काम गरिरहेको जनाएको छ ।

गैरआवासीय नेपाली संघले घोषणा गरेबमोजिम यसै साता कोशी प्रदेशको धरानमा र मधेश प्रदेशको जनकपुरमा गैरआवासीय नेपालीहरूको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पने एक–एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ ।

आगामी २६ जनवरी अर्थात माघ १२ गते लुम्बिनी प्रदेशको नेपालगञ्जमा अर्काे मोबाइल ब्लड बस हस्तान्तरण गर्न तयारी रहेको गैर आवासीय नेपाली संघका प्रवक्ता फडिन्द्र पन्तले बताउनु भयो ।

मा प्रकाशित