१६ माघ, काठमाडाैं । भ्रष्टाचार अनुभूति सूचकाङ्कमा नेपालले गत वर्षको भन्दा यस बर्ष केही सुधार गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको विवरण अनुसार ३५ अङ्कसहित एक सय आठौँ स्थानमा नेपाल रहेको छ ।
नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ । गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अङ्कसहित एक सय १०औँ स्थानमा थियो ।
त्यस्तै, सन् २०२१ मा ३३ अङ्कसहित एक सय १७औँ स्थानमा थियो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका एक सय ८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गरेकामा कम भ्रष्टाचार हुने मुलुकमा ९० अङ्कसहित डेनमार्क पहिलो स्थानमा छ ।
मा प्रकाशित