पक्राउ परेका चाैधरी र थापालाई चार दिन हिरासतमा राख्न अनुमति

आर्थिक परिवेश

१८ माघ, काठमाडौँ । जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले व्यवसायी चौधरीलाई आज काठमाडौँको लैनचौर र थापालाई काठमाडौँको बत्तिसपुतलीबाट पक्राउ गरेको थियो ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा निजहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

मा प्रकाशित