०२ फागुन, काठमाडौं । बीमा कम्पनी गाउँमा पुग्न नसक्दा सुदूरपश्चिम प्रदेशमा कृषि बीमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।
कृषि बीमा गराउँदा किसानको पैसा नलाग्ने भए पनि कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न नसकेको हो ।
कृषि बीमा गर्दा सङ्घीय सरकारले बीमा शुल्कको ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशतसहित सतप्रतिशत शुल्क (प्रिमियम) सरकारले तिर्ने गरेको भए पनि सुदूरपश्चिममा कृषि बीमा गराउने किसानको सङ्ख्या बढ्न नसकेको बीमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख हृदयराज पण्डितले बताउनुभयो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म मुलुकभर कृषि, पशुपन्छी तथा जडीबुटी बीमा गराउनेको सङ्ख्या ७० हजार सात सय ७२ रहेकामा सुदूरपश्चिममा दुई हजार तीन सय १४ बीमालेख मात्रै जारी भएको छ ।
कृषि, पशुपन्छी र जडीबुटी बीमा राज्यको प्राथमिकतामा रहेपनि आवश्यक प्रचारप्रसार नहुँदा किसानको आकर्षण बढ्न नसकेको पण्डितले बताउनुभयो ।
कृषि बीमा गर्दा किसानले दुर्घटना बीमाबापतको पाँत सय मात्रै तिर्नुपर्ने हुन्छ ।
कृषि बीमाका लागि कृषि ज्ञान केन्द्र र पशुपन्छी बीमाका लागि किसानले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट २० प्रतिशत बराबर हुन आउने रकम भुक्तानी पाउने व्यवस्था गरेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पुस मसान्तसम्म कैलालीमा एक हजार ८४ पशु बीमा, सात माछा बीमा, ९९ कृषि तथा बाली बीमासहित एक हजार एक सय ९० बीमालेख गरिएको छ ।
दार्चुलामा भने अहिलेसम्म एकजना किसानले पनि कृषि बीमा गराएका छैनन् ।
मा प्रकाशित