महाशाखाका अनुसार चिल्लो हटाइएको दूध (स्कीम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्लुएमपी) को पैठारीमा पनि पूर्ण रुपमा रोक लगाइएको छ ।
यस्तै अन्यमा डेरी ह्वाइटेनर, स्किम्ड मिल्क पाउडर र होल मिल्क पाउडरमा रोक लगाइएको छ भने ह्रे र परिवर्तित ह्रे जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको, गुलियो पारेको वा नपारेकोमा पनि पैठारीमा पूर्ण रोक लगाइएको छ ।
यस्तै नौनी (बटर), घ्यू, छुर्पी, प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज र भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारको चिज आयातमा पनि पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।