१२ फागुन, काठमाडाैं । सरकारले पूजीगत खर्च कम भएकाे भनिरहँदा तीन जिल्लाका चार ठूला सडकहरुमा बजेट अभावका कारण निर्माण कार्य रोकिएको छ ।
सङ्घीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो ।
सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो ।
चार सडक एक अर्ब १९ करोड ९२ लाख ९३ हजारमा निर्माण भइरहेकामा अर्थमन्त्रालयले बजेट नपठाउँदा यस वर्ष काम हुन सकेको छैन ।
चार सडकलाई चालू आर्थिक वर्षमा एक करोडका दरले चार करोड मात्रै बजेट विनियोजन भएकाले रकम अभाव भएको इन्जिनियर अधिकारीको भनाइ थियो ।
ती चार सडक निर्माणका लागि एक अर्ब १९ करोड बजेट आवश्यक पर्नेमा चालू आवमा चार करोड मात्रै बजेट विनियोजन भएकाले समस्या भएको भन्दै इञ्जिनियर अधिकारीले पटकपटक अर्थमन्त्रालयमा बजेट थप गर्न अनुरोध गरिएको जानकारी दिनुभयो ।
मा प्रकाशित