१६ फागुन,नवलपरासी पश्चिम् । अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिले अर्थतन्त्रको अवस्था खतरामुक्त रहेको बताउनुभएको छ ।
मन्त्री महतले बैङ्कहरूको ब्याजदर समेत एकल अङ्कमा झर्ने जिकिर गर्नुभयो । पश्चिम् नवलपरासीमा आज औद्योगिक व्यापार मेलालाई सम्बोधन गर्दै उहाँले अघिल्लो सरकारले बजेट सुनिश्चितता नगरी आयोजना उद्घाटन गर्दा त्यसको असर अहिलेको अर्थतन्त्रमा देखिएको दाबी गर्नुभयो ।
राजस्व सङ्कलन, विदेशी पर्यटकको सङ्ख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले ढुक्क भएर लगानी गर्न उद्योग व्यवसायीलाई अर्थमन्त्री महतले आग्रह गर्नुभयो ।
महेशपुर भन्सार नाका मूल भन्सारमा परिणत भए पनि लक्ष्यअनुसार राजस्व सङ्कलन नभएको भन्दै उहाँले राजस्व वृद्धिका लागि क्वारेन्टाइन, सडकसहित भौतिक पूर्वाधार विकासका लागि आगामी बजेटमा समावेश गरिने बताउनुभयो ।
मा प्रकाशित