सरकार र दुग्ध किसानबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रमहरू स्थगित

आर्थिक परिवेश

२० फागुन, काठमाडौं ।    दुग्ध किसानहरूले भाेग्नु परेका समस्याका वारेमा  सरकारका प्रतिनिधि,  दुग्ध विकास संस्थान, डेरी उद्योग र दुग्ध किसानका प्रतिनिधिहरुबीच भएकाे वार्तामा ५ बुँदे सहमति भएको छ ।

सहमतिसँगै किसानहरुले देशभर अायाेजना गरेका आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालको समेत उपस्थितिमा शनिबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा किसान प्रतिनिधिहरुसहित भएको वार्तामा उक्त सहमती भएकाे हाे ।

सहमती अनुसार किसानहरुलाई उद्योगीहरुले २१ चैत २०८० सम्म सबै खाले बक्यौता तिरिसक्ने लगायतका विषायहरू रहेका छन् ।

‘दुग्ध उत्पादक कृषकलाई दूध बिक्री गरेबाफत पाउनुपर्ने रकमलाई निरन्तरता दिई पुस मसान्तसम्मको रुकम भुक्तानी प्रत्येक उद्योगले २१ चैत ०८० सम्म गरिसक्ने,’ सहमति पत्रमा उल्लेख छ ।

लामाे समयदेखि  दूध बेचेको पैसा किसानहरूले नपाएपछि किसानहरु आन्दोलित उत्रिएका थिए  । विभिन्न जिल्लामा दूध पोखेर विरोध जनाउँदै आएका किसानहरु ले देशका विभिन्न भाग हुँदै  सोमबारदेखि काठमाडौंमा आन्दोलन केन्दि्रत गर्ने घोषणा गरेका थिए ।

यसै विषयमा केन्द्रीय दुग्ध सहकारी संघमा आबद्ध किसान प्रतिनिधि, दुग्ध विकास संस्थान डीडीसी, डेरी उद्योगीका प्रतिनिधि, मन्त्रालयका सचिव समेतका  कर्मचारीहरुबीच शनिबार कृषि मन्त्रालयमा  वार्ता भएको थियो ।

वार्तामा प्रत्येक उद्योगीले सहकारीबाट खरिद गरेको दूधको परिमाण नघटाई खरिद गरिरहने, दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले समन्वय गर्ने सहमती भएकाे हाे ।

दूध तथा दुग्ध पदार्थको निर्यात प्रबर्द्धनसम्बन्धी विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, सरकारले पशुपाालक किसानहरुलाई दिइरहेको कृषि तथा पशुपंक्षी बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले राखेका अन्य माग सम्बोधन गर्न पहल गर्ने सहमति भएको छ ।

वार्तामा कृषि मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर, डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र पूर्वअध्यक्ष सुमित केडिया सहभागी हुनुहुन्थ्याे । त्यसै गरी डेरी उद्योग संघका अध्यक्ष राज कुमार दाहाल र पूर्वअध्यक्ष अरनिको राजभण्डारी, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरी, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, दुग्ध विकास संस्थान (डीडीसी)का उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी लगायत सहभागी थिए ।

मा प्रकाशित