२१ फागुन, काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसंगै सत्तासमीकरण परिवर्तन हुने भएको छ ।
नयाँ सत्ता गठबन्धनकाे पहिलाे बैठक प्नधानमन्त्री निवास बालुवाटारमा जारी रहेकाे छ ।
बैठकमा नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार वर्तमान मन्त्रीपरिषद्को पुरै सेट परिवर्तन गरी नयाँ गठबन्धनबाट आजै सानो आकारको मन्त्रीपरिषद्को गठन गर्ने तयारी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष रवि लामिछाने नेकपा एमालेका उपाध्यक्ष बिष्णु पाैडेल नेकपा माअाेवादीका उपाध्यक्ष नारायणाकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी रहनु भएकाे छ ।
केन्द्रमा सरकार परिवर्तन हुने भएसँगै प्रदेशका सरकारहरूमा पनि आलोपालो गर्ने गरी परिवर्तन गर्ने नयाँ गठबन्धन बीच सहमति भएको बुझिएको छ ।
पिहलाे चरणामा तीन दलकाे तपफर्बाट एक एक जना मन्त्री रहने गरी सानाे र चुस्त मन्त्रीमण्डल बनाएर सपथ गराउने विषयमा छलफल भएकाे जनाइएकाे छ ।
मा प्रकाशित