नयाँ सत्ता गठबन्धनकाे प्रभाव बजार खुल्ना साथ नेप्से परिसूचक ७९ दशमलव २९ अङ्कले बढयाे

आर्थिक परिवेश

२१ फागुन, काठमाडौं ।  राजनीतिक उतारचढावका बीच धितोपत्र बजारकाे शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च् अंककाे  वृद्धिपछि कारोबार नै रोकिएको छ ।

आज बजार खुलेको केही समयमै  नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ ।

कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ ।

कारोबार सुरु हुने बित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मा प्रकाशित