शेयर बजारमा तिब्र वृद्धि ३ पटककाे सकारात्मक सर्किट पछि काराेवार स्थगित

आर्थिक परिवेश

२१ फागुन, काठमाडौं ।  सत्ता गठबन्धन फेरिएपछि शेयर बजारमा सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेको छ ।

बजारमा ३ पटक सर्किट ब्रेक लागेपछि यस दिनका लागि कारोबार नै स्थगित भएको छ ।

कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

पहिलाे पटक  स्थगित भएकाे २० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु) अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो ।

१२ : ०४ बजे खुलेको बजारमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार स्थगित भएको छ । यस दिन समग्रमा  बजारको परिसूचक नेप्से ६ प्रतिशत अर्थात् ११७ अंक बढेको छ ।

सो अंकको वृद्धि पछि नेप्से परिसूचक २०७८ अंकमा कायम भएको छ ।

थोरै समय कारोबार भएकाले दिनभर बजारमा जम्मा ३७ करोड ५२ लाख रुपैयाँको मात्र कारोबार भएकाे छ  ।

मा प्रकाशित