२१ फागुन, काठमाडौं । देशकाे विभिन्न क्षेत्रमा रहेर याेगदान गर्ने २९ जना उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ ।
कर्पोरेट मिडिया ग्रुपले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा आइतबार १६ औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ कार्यक्रम आयोजना गरी उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ जना व्यक्ति व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरेको हो ।
कर्पोरेट मिडियाले यो वर्षको ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’ लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई प्रदान गरेको छ ।
पोखरामा साधारण परिवारमा जन्मिएर किराना पसल र फोटोग्राफीबाट व्यापारको यात्रा सुरू गरेका श्रेष्ठले आर्थिक चुनौतीलगायत विभिन्न आरोह र अवरोह झेल्दै नेपालको औद्योगिक विकासमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको कर्पोरेट मिडियाका अध्यक्ष उज्वलजंग शाहले जानकारी दिनु भयो ।
यो वर्ष चार जनालाई ‘कर्पोरेट बिजनेश लिडरशीप अवार्ड’ र विभिन्न क्षेत्रलाई समेटेर प्रतिनिधिमूलक ढङ्गबाट २५ जनालाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ ।
प्रमुख अतिथि सिंह, अवार्ड छनोट समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वध्यक्ष भवानी राणा, कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाह, उपाध्यक्ष, सुष्मा महरा र कर्पोरेट मिडियाकी बिजनेश डिरेक्टर संगीता खत्रीलगायतले पुरस्कार प्रदान गर्नु भयो ।
सो अवसरमा नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेश कुमार अग्रवाल, लोमस फर्मास्युटिकल्सका निर्देशक प्रवलजंग पाण्डे, नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष रवि सिंह र नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीलाई ‘कर्पोरेट बिजनेश लिडरशीप अवार्ड’ प्रदान गरिएको छ ।
यस्तै, यो वर्षको ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ अन्तर्गत पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठलाई ‘बेष्ट इन्डष्ट्री अफ द इयर’, एनएमबि बैंकका सीईओ सुनिल केसीलाई ‘सीईओ अफ द इयर’, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी शाहलाई ‘बेष्ट लाइफ इन्स्योरेन्स अफ द इयर’, प्रदान गरिएकाे छ ।
त्यसै गरी नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीलाई ‘बेष्ट वमेन इन्टरप्रेनर अफ द इयर’ र नेपालकै पहिलो न्यूज च्यानल सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुरूलाई ‘बेष्ट ब्रोडकास्टिङ मिडिया’ अवार्ड प्रदान गरिएको छ ।
यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठलाई ‘बेष्ट डेभलपमेन्ट बैंक अफ द इयर’, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका सीईओ विजयबहादुर शाहलाई ‘बेष्ट नन–लाइफ इन्स्योरेन्स अफ द इयर’, एनएमबि क्यापिटल लिमिटेडका सीईओ दीपेश कुमार वैद्यलाई ‘बेष्ट मर्चेन्ट बैंक अफ द इयर’ अवार्ड प्रदान गरिएको छ ।
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ‘बेष्ट एयरलाइन्स अफ द इयर’, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेलाई ‘बेष्ट नेपाल एलपी ग्यास इन्डष्ट्री एसोसिएशन’ र मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिल्सिनालाई ‘बेष्ट फाइनान्स अफ द इयर’ अवार्ड प्रदान गरिएको छ ।
यस्तै, रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष समेत रहेका सुदीप इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक भक्त हमाललाई ‘बेष्ट मेडिकल सप्लायर्स’, गोल्यान ग्रुपका कार्यकारी निर्देशक अक्षय गोल्यानलाई ‘बेष्ट होटेल एण्ड टुरिजम’, तथा नर्भिक हस्पिटलका सीईओ अजय कुमार मिश्रलाई ‘बेष्ट हस्पिटल अफ द इयर’ अवार्ड प्रदान गरिएको छ ।
त्यसैगरी, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईलाई ‘बेष्ट कन्सल्टेन्सी एसोसिएशन अफ नेपाल’, फर्निचर एण्ड फर्निसिङ एसोसिएशनका अध्यक्ष दिनेश अग्रवाललाई ‘बेष्ट फर्निचर अफ द इयर’ र ड्रमापर्फेक्ट स्किन लेजर एण्ड प्लास्टिक सर्जरी सेन्टर प्रालिकी डा. अर्पणा शाहलाई ‘एक्सिलेन्स इन लेजर टेक्नोलोजी’, अवार्ड प्रदान गरिएको छ ।
डाबर नेपालका कन्ट्री हेड हरिकिरात सिंह वेदीलाई ‘मल्टी नेशनल इन्डष्ट्री अवार्ड, मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए)का सञ्जय अग्रवाललाई ‘बेष्ट आईटी टेक्नोलोजी अफ द इयर’, मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरका अध्यक्ष मोहनमान जोशीलाई ‘बेष्ट टेलर अफ द इयर’ र नेपाल क्लियरिङ हाउसका सीईओ निलेशमान सिंह प्रधानलाई ‘बेष्ट फिनटेक अफ द इयर अवार्ड प्रदान गरिएको छ ।
यसैगरी, हेल्दी च्वाइस एस्थेटिक हस्पिटलका सीईओ उदिप श्रेष्ठलाई ‘बेष्ट फेसन एण्ड ब्युटी इन्स्टिच्युसन अफ द इयर’, द ब्रिटिश कलेजका कार्यकारी निर्देशक महेन्द्र राज कँडेललाई ‘बेष्ट एजुकेशन सेक्टर अफ इयर’, आरओके प्रडक्ट इन्डष्ट्रीजका प्रबन्ध निर्देशक विष्णुहरि लामिछानेलाई ‘बेष्ट म्याट्रेस इन्डष्ट्री अफ द इयर प्रदान गरिएकाे छ ।
युथ थिंकर्स सोसाइटीका संस्थापक अध्यक्ष समेत रहेका चे एण्ड को प्रालिका प्रबन्ध निर्देशक चेवाङ राईलाई ‘बेष्ट योङ्ग अन्टरप्रेनर अफ द इयर’ अवार्ड प्रदान गरिएको छ ।
यस्तै, नेपालमा जलविद्युत् आयोजनाको निर्माणका साथै ऐन, कानुन, नीति निर्माणलगायत विद्युत् क्षेत्रको उन्नयनका लागि अनवरतरूपमा लागिरहेको तथा विद्युत् उत्पादनको क्षेत्रमा हाइड्रोलोजिकल पेनाल्टीको अमिल्दो व्यवस्था हटाएर चर्चामा आएका तथा कार्यक्रममा प्रमुख अतिथि विद्युत् नियमन आयोगकका अध्यक्ष सिंहलाई विशेष सम्मान प्रदान गरिएको छ ।
उनले रुग्ण जलविद्युत् आयोजनाहरूलाई तीन प्रतिशत व्याजदरमा पुनःकर्जाको व्यवस्था गरेको, विद्युत् विकासका लागि २०० प्रतिशतसम्म अग्राधिकार शेयर जारी गर्ने प्रबन्ध मिलाएकोलगायतका योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको कर्पोरेट मिडियाले जनाएको छ ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको पूर्वध्यक्ष एवम् पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले समग्र निजी क्षेत्रको मनोबल गिरिरहेको बेला कर्पोरेट म्यागजिनले उत्साह भरेको बताउनु भयाे ।
मा प्रकाशित