२२ फागुन, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च भएको छ ।
मंगलबार सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोवार भएको छ । यस अघि मंगलवार विहान नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको सो मुल्य तोकेको थियो ।
मंगलवारको कारोवार मुल्य अहिलेसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले बढी हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको थियो ।
फागुन ३ गतेबाट उकालो लागेको सुनकाे मुल्यले मंगलवार भने नयाँ रेकर्ड बनाएकाे हाे ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार एकै दिन १.४४ प्रतिशतले बढेर सुनको मुल्य प्रतिऔंस २११३ अमेरिकी डलर पुग्दा नेपाली बजारमा मंगलबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ सुनको मूल्य बढको हो ।
मा प्रकाशित