२३ फागुन, काठमाडाैं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थतन्त्रमा आशा जगाउने गरी काम गर्ने बताउनु भएकाे छ।
अर्थ मन्त्रालयमा पद बहाली पछि बाेल्दै अर्थमन्त्री पुनले अहिले अर्थतन्त्रमा मनोबल बढाउनुपर्ने आवश्यकता रहेकोले आफनाे ध्यान त्यसैमा केन्द्रित गर्ने बताउनु भयाे ।
‘म पहिलोपटक आउँदा पनि अर्थतन्त्रमा समस्या थियो त्यसलाइ सुधार गरेको थिएँ । अहिले अर्थतन्त्र त्यति बिग्रेको छैन । तर मनोबल बढाउनु पर्नेछ, मेरो प्रयास त्यसैमा रहन्छ,’ अर्थमन्त्रीले भन्नु भयाे ।
बिगतको अनुभवका आधारमा सक्दो राम्रो गर्ने प्रयास गर्ने उहाँको भनाइ थियो । ‘असल कामलाई निरन्तरता दिन्छु, ‘ खर्च गर्ने क्षमता बढाउदैअर्थतन्त्रका कमजोरी सुधारमा लाग्छु ’ अर्थमन्त्रीले भन्नु भयाे ।
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले जलवायु वित्तमार्फत आउनसक्ने अनुदान तथा सहुलियतपूर्ण ऋणलाई पूर्वाधारमा लगाउने पहिलो निर्णयमा हस्ताक्षार गर्दै पदबहाली गर्नु भएकाे छ ।
नेपालले हालसम्म न्यूनमात्र जलवायु वित्त प्राप्त गर्न सकेको हुँदा त्यसलाई बढाउने दिशामा सरकारले जोड दिने निर्णयमा उल्लेख छ ।
‘ग्रिन क्लाइमेट फन्डको राष्ट्रिय कार्यक्रमको पाइपलाइनमा रहेका आयोजनाहरुको अद्यावधिक गर्ने विषय पनि अर्थमन्त्रीले गरेकाे निर्णयमा पनि उल्लेख छ ।
ग्रिन क्लाइमेट फन्डमार्फत संचालन हुने आयोजनाहरुलाई दिगो पुर्वाधारयुक्त बनाउन सम्बन्धित विषयगत मन्त्रालय र दातृनिकायहरुलाई मार्गनिर्देश गर्ने र क्लाइमेट फन्डहरुबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋणलाई ब्लेन्ड गरी सरकारी तथा निजी क्षेत्रहरुलाई समेत परिचालन गर्ने समेत अर्थमन्त्रीकाे निर्णयमा परेकाे छ ।
मा प्रकाशित