काठमाडौंको भृकुटीमण्डपमा चेम्बर एक्स्पो शुरु

आर्थिक परिवेश

२४ फागुन,काठमाडौं ।  स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयाेग गर्ने गरी सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा बिहिवारबाट शुरु भएको छ ।

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा  स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो व्यापार मेलाकाे  नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभयो ।

एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिएको छ ।

मेलामा घर–जग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहेका छन ।

एक्स्पोलाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक परिस्थितीकाबीच अर्थतत्त्र चलायमान बनाउन एवं व्यवसायिक गतिविधी विस्तार गर्न एक्स्पो आयोजना गरिएको बताउनुभयो ।

कृषि, हस्तकला लगायत स्थानीय स्तरमा उत्पादित बस्तुहरुको बजार प्रर्वद्धन एवं साना व्यवसायीहरुको आर्थिक गतिविधी विस्तार गर्नका लागि एक्स्पोको आयोजना गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।

चेम्बर अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तराष्ट्रिय बस्तुको फिर्ती प्रक्रीयालाई सहज बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको बताउनुभयो ।

मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपुर्ण रहेको उहाँको भनाई छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र संगको सहकार्यमा चेम्बर एक्स्पो शुरु भएको हो ।

एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका छन ।

आगामी सोमबारसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, दक्षिणकोरिया, बंगलादेश पाकिस्तान लगायतका मुलुकका व्यापारीले सहभागिता जनाएका छन ।

मा प्रकाशित