विप्लव नेतृत्वकाे  नेपाल कम्युनिष्ट पार्टीले शुरू गरयाे जुम्लामा व्यवसायिक स्याउखेती

आर्थिक परिवेश

२५ फागुन, जुम्ला । ‘विप्लव सी’ नेतृत्वकाे  नेपाल कम्युनिष्ट पार्टीले पहिलाे पटक जुम्लामा व्यवसायिक सामुहिक स्याउखेती  शुरू गरेकाे छ ।

देशका युवा वेराेजगार भएकाे र मुलुककाे अथर्तन्त्र कृषिकाे विकासबाट मात्र संभव छ भन्दै नेपाल कम्युनिष्ट पार्टीले  कृषि अभियान अर्न्तगत सामुहिक खेति शुरू गरेकाे जनाएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ ले उर्वर तथा बाँझो जग्गामा १० हजार बिरुवा रोप्ने लक्ष्यसहित जुम्लामा  स्याउका विरूवा राेप्ने कार्यकाे शुक्रवार शुरूवात गर्नु भएकाे छ ।

कृषि उत्पादनलाई प्राथमिकता दिने पार्टीको नीति अनुसार जुम्ला हिमा गाउँपालिका-६ हडुल्याम रहेको बाँझो जग्गामा बृहत् स्याउ खेती गर्न लागिएको हो ।

विप्लवको नेतृत्वमा जुम्ला पुगेको टोलीले हडुल्यामको २२ हजार क्षेत्रफल जमिनमा १० हजार स्याउका बिरुवा रोप्ने अभियानको सुरु गरिएको छ । जसअन्तर्गत पहिलो चरणमा भने एक हजार पाँच सय स्याउका बिरुवा रोपिने छ ।

उत्पादन वृद्धिबाट मात्रै समाज र राष्ट्रको उन्नति सम्भव हुने तथ्यलाई मध्यनजर गरी उर्वर जुम्लाको बाँझो भूमिलाई उपभोग गर्न र स्याउमा समृद्धि हासिल गर्न स्याउ खेती गर्न लागिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ ले बताउनुभयो ।

मा प्रकाशित