याे साता सुनकाे मुल्यले नयाँ रेकर्ड निर्माण ६ हजार ८ सयले बढ्याे

आर्थिक परिवेश

२६ फागुन काठमाडौं ।    पछिल्लो समय नेपाली बजारमा सुनको मुल्यले हरेक दिनजसो नयाँ रेकर्ड बनाउदै गएको छ ।

साताको मंगलबारदेखि सुनको भाउ नयाँ उचाइमा पुगेको हो । बढने क्रममा बिहीबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँको उच्च विन्दु सम्ममा पुगेको छ ।

गत साताको बिहीबारयता सुनको भाउ निरन्तर बढिरहेको छ । यस अवधिमा सुन तोलामा ६ हजार ८०० रुपैयाँले महंगिएको छ ।

फागुन १७ गते, सुनको भाउ बढेर प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । जुन शुक्रवार सम्म लगातार बढेर एक लाख २५ हजार रुपैयाँमा किनबेच भएको छ ।

विश्व बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि यसको प्रभाव पर्ने गरेको छ ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने हल्लाका कारण व्याजदर घट्ने डरसँगै लगानीकर्ताहरु बैकबाट रकम निकाल्दै सुनमा लगानी गरिरहेका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगिएको विष्लेष्कहरुले बताएका छन् ।

बिहीबार विश्व बजारमा सुनको भाउ प्रतिअउन्स झण्डै १० डलरले महंगिएको छ । अन्तरराष्ट्रिय बजारमा अहिले सुन प्रति अउन्स २ हजार १५७ डलरमा किनबेच भएको छ ।

मा प्रकाशित