मुलुकको चालु खाता १६१ अर्ब ६९ करोडले बचतमा

आर्थिक परिवेश

२७ फागन,काठमाडौं ।  चालु आर्थिक बर्षको ७ महिनाको अवधीमा मुलुकको चालु खाता १६१ अर्ब ६९ करोडले बचतमा पुगेकाे  छ ।

नेपाल राष्ट्र बैकले आइतवार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी समीक्षा प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले घटेर .३ अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोडले धनात्मक रहेको थियो ।

मा प्रकाशित