३ प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सरकारले गरयाे सिफारिस

आर्थिक परिवेश

२८ फागुन, काठमाडौँ ।   सरकारले गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि राष्टपति समक्ष सिफारिस गरेको   छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने प्रदेश प्रमुख पदहरुमा नियुक्तिका लागि मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाइ नियुक्तिका राष्टपति समक्ष सिफारिस गरेको हाे  ।

मन्त्रिपरिषद्को बैठकले रिक्त हुने प्रदेश प्रमुख पदहरुमा नियुक्तिका लागि मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाइ नियुक्तिका राष्टपति समक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

यसअघि मधेसमा हरिशङ्कर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुखका रुपमा रहनुभएको थियो । त्यसैगरी सरकारले मन्त्रिपरिषद्का समितिहरु गठन गरी समितिको समन्वय गर्न संयोजक तोकेको छ ।

राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र यातायातमन्त्री, विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रहनु भएकाे छ ।

त्यसै गरी  प्रशासन समितिको संयोजकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र सामाजिक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा स्वास्थ्य र जनसङ्ख्यामन्त्रीलाई तोकिएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री शर्माले राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले उठाएको उम्मेदवारलाई विजयी बनाउन गठबन्धन दलका पार्टीहरु सहमत भएकाे बताउनु भयाे ।

उहाँले  सहकार्य गर्ने बेला नै माओवादी केन्द्रलाई राष्ट्रियसभाको अध्यक्ष दिने भन्ने निर्णय भएको थियो, त्यसअनुसार नै माओवादी केन्द्रले उम्मेदवार अगाडि सारेको हाे भन्नु भयाे  ।

मा प्रकाशित