शेयर बजारमा उच्च वृद्धि परिसूचक २ हजार १ सय माथि

आर्थिक परिवेश

२९ फागुन, काठमाडौं ।   मंगलवार नेपाली शेयर बजारको नेप्सेमा परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ ।
यस दिन परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ ।

करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ ।

यस दिन विभिन्न तीन सय पाँच कम्पनीका एक करोड छ लाख नौ हजार कित्ता शेयरहरु चार अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयामा किनबेच भएका छन् ।

मंगलवार कारोबारमा आएका सबै समूहको उपसूचक बढेको छ । यस दिन  पाँचवटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट रहेको छ ।

मा प्रकाशित