रूसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु

आर्थिक परिवेश

०१ चैत्र, काठमाडाैं ।  रूसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएकाे छ । परराष्ट्र मन्त्रालयले उनीहरूकाे मृत्यु भएकाे  बिहिवार  एक विज्ञप्ती प्रकाशित गरी   पुष्टि गरेकाे हाे ।

मृत्यु हुनेमा उदयपुरका पदमबहादुर घिमिरे, धादिङका पूर्णबहादुर गुरुङ, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, जाजरकोटका नवीन शाही, रसुवाका सुन्दर मोक्तान र बाँकेका सञ्जय केसी रहेका छन् ।

यसरी रुस र युक्रेनबीचको युद्धका क्रममा रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि मन्त्रालयले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो ।

मा प्रकाशित