अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने 

आर्थिक परिवेश

०२ चैत्र,  काठमाडाैं ।   अर्थ मन्त्रालयले दुग्ध किसानलाई सरकारकाे तर्फबाट  दिनु पर्ने बाँकी भुक्तानी तत्काल दिने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले शुकवार राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको      
    
उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साहकृषि सचिव डा गोविन्प्रसाद शर्मा  पशुपक्षी विकास सचिव डा रेवतीरमण पौडेलसँग छलफल गर्नुभएको थियो     
    
 आफ्नो उत्पादनको भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलनरत छन् 

 किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडीसीले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो     
    
    अर्थमन्त्री पुनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो 

 चालु आर्थिक वर्षमा रु ५१ अर्ब बजेट रहेको कृषि मन्त्रालयले हालसम्म कूल बजेटको ५४ प्रतिशत मात्र खर्च गरेको  

 मन्त्री पुनले बजेट समर्पणका लागि आजै पत्राचार गर्न कृषिमन्त्री  सचिवहरुलाई आग्रह गर्नुभएको      
    
दुग्ध किसानका लागि अर्थमन्त्रीबाट स्पष्ट निर्देशन आएको  मन्त्रालयले क्रमशः दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने राजस्व सचिव डा घिमिरेले बताउनुभयो 

मा प्रकाशित