बैंकबाट ऋण लिएर तिर्नुपर्दैन भन्ने नकारात्मक भावना फैलाउने कुरा स्वीकार्य हुँदैन : अर्थमन्त्री

आर्थिक परिवेश

०३ चैत्र,  काठमाडौं ।   अर्थमन्त्री वर्षमान पुनले बैंकबाट ऋण लिएर तिर्नुपर्दैन भन्ने नकारात्मक भावना फैलाउने कुरा स्वीकार्य नहुने बताउनु  भएकाे छ ।

शनिबार राष्ट्रिय वाणिज्य बैंकको आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्सको उद्घाटन गर्दै अर्थ मन्त्रि पुनले  त्यस्तो बताउनु  भएकाे हाे  ।

‘ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य हुँदैन । राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन नभईरहेको सन्दर्भमा राजनीतिक प्रणालीको समेत समीक्षा गरी हामीले नयाँ ढंगले कार्य गरिरहेको छौं  अर्थ मन्त्री पुनले भन्रु भयाे ।’

बैंकिङ्ग क्षेत्र जनताको रकमबाट संचालित हुने भएकोले संस्थागत सुुशासन  कायम गर्न जोड दिनुपर्ने अर्थ मन्त्रीकाे जाेड थियाे  ।

कार्यक्रममा  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य बैंक विभिन्न परिसूचकहरुको आधारमा सबल रहेको बताउदै आफ्नो स्रोतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयाे  ।

उहाँले बैंकिङ्ग क्षेत्रले जनविश्वास कायम गर्नेगरी कार्य गर्नुपर्ने तथा स साना खराब कामले संस्थालाई असर गर्ने हुँदा सचेत भएर काम गर्नुपर्ने बताउनु भयाे  ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले समग्र बैंकिङ्ग क्षेत्रको बारेमा अवगत गराउदै  राष्ट्रिय वाणिज्य बैंकले दिगो व्यवसायिक वृद्धिको आधार र गुणस्तरमा सुधार भन्ने नाराका साथ कार्य गरिरहेको जानकारी दिनु भयाे ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समयमा बैंकिङ्ग क्षेत्रको बारेमा विभिन्न टिकाटिप्पणी हुने गरे पनि वित्तीय अवस्था ठिक रहेको बताउनु भयाे ।

त्यस्तै, अर्थविद् डा. स्वर्णिम वाग्ले, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा  बैंकर्स परशुराम कुंवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ संजिव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्य लगायतले आ–आफ्नो धारणा राख्नु हुनेछ ।

मा प्रकाशित