पोखरालाई सुन्दर र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिन्छ : प्रधानमन्त्री

आर्थिक परिवेश

०४ चैत्र ,कास्की, पाेखरा ।   नेपालकाे  प्रशिद्ध  पर्यटकीय शहर पाेखरालाई  पर्यटकीय राजधानीको रूपमा घाेषणा गरिएकाे  छ  ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय शहर पाेखरालाई  पर्यटकीय राजधानीको रूपमा आइतवार आयाेजित विशेष समाराेहका बीच घाेषणा  गर्नु भएकाे हाे ।

समाराेहमा प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताउनु भयाे ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाउनुभयो ।

“पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ,” उहाँले भन्नुभयो, ।

“पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ प्रधानमन्त्री दाहालले भन्नु भयाे  ।”

मा प्रकाशित