०५ चैत्र, काठमाडौं । सुन तस्करी प्रकरणमा साेमवार बिहान कपिलबस्तुबाट पक्राउ पर्नुभएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले साेमवार नै काठमाडौँ ल्याएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो– सिआईबीमा बुझाइएको छ ।
अनुसन्धानका लागि थुनामा राख्ने आदेशका लागि उहाँलाई साेमवार नै जिल्ला अदालत काठमाडौँ लगिने प्रहरीले जनाएको छ ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरालाई मुद्दा चलाउन सिफारिश गरेको आधारमा प्रहरीले उहाँलाई कपिलबस्तुबाट पक्राउ गरेको थियो ।
जाँचबुझ आयोगको सिफारिशका आधारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रबि लामिछानेले हिजो मात्र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई आयोगले दोषी ठहर्याएका महरासहितलाई पक्राउ गर्न निर्देशन दिनुभएको थियो ।
मा प्रकाशित