जलाशययुक्त आयोजना निर्माणलाई  जाेड दिएर काम अघि बढाएका छाैं : ऊर्जा मन्त्री बस्नेत

आर्थिक परिवेश

११ चैत्र, काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न   जलाशययुक्त आयोजना निर्माणलाई   जाेड दिएर काम अघि बढाएकाे बताउनु भएकाे छ ।

उहाँले मुलुककाे बढदाे उर्जाकाे माग र भएका अायाेजना अधिकांश नदिप्रवाहमा अाधारित भएकाेले  जलाशयमुक्त आयोजना निर्माण  गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

गोरखामा शनिवार  आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सरकारले पूर्वी क्षेत्रमा दूधकोशी, मध्य क्षेत्रमा बूढीगण्डकी र पश्चिम खण्डमा नलगाड जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताउनुभयो ।

मन्त्री बस्नेतले पछिल्लो समय विद्युत् उत्पादनमा ठूलो फड्को मारिएको उल्लेख गर्नुहुँदै ऊर्जा सन्तुलनका लागि भए पनि जलाशययुक्त आयोजना निर्माण गर्नैपर्ने बताउनुभयो ।

मा प्रकाशित