११ चैत्र, काठमाडौं । यही चैत्र ५ गतेदेखि नेपालमा जारी साता व्यापी विश्व मुद्रा सप्ताह ग्लोवल मनि विक आइवार सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैकको संयोजनामा नेपाल धितोपत्र बोर्ड नेपाल बीमा प्रधिकारण तथा सहकारी बोर्ड तथा अन्य बैक तथा वित्तीय संस्थाहरुको सक्रियतामा देशका विभिन्न भागमा
यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने गरी विभिन्न कार्यक्रमहरु सम्पन्न भएको नेपाल राष्ट्र बैकले जनाएको छ ।
Protect your money secure your future भन्ने नाराका साथ ओइसिडिको आव्हानमा विश्वब्यापी रुपमा मार्च १८ देखि २४ मार्चसम्म विश्वव्यापी रूपमा आयोजना हुने गर्दछ ।
यसै क्रममा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरि ग्लोवल मनि विक मनाइएको हो ।
OECD ले सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ ।
यस क्रममा नेपाल राष्ट्र बैक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण विभिन्न बैक तथा वित्तीय संस्थाहरुले आआफना प्रदेश तथा शाखा कार्यालयहरुमा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।