कृषिको विकासको लागि नीतिगत र बजेटगत रकम वृद्धि हुनु पर्छ सांसदहरू

आर्थिक परिवेश

१२ चैत्र, काठमाडौं ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमका सम्बन्धमा सोमवार मन्त्रालयमा सांसदहरुसंग छलफल गरेको छ ।
सरकारले आगामी आर्थिक बर्षको बजेट तर्जुृमा गरिरहेको सन्र्दभमा मन्त्रालयले आगामी आर्थिक बर्षको बजेटमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेट तथा कार्यक्रमका वारेमा सांसदहरुसंग मन्त्रालयले छलफल गरेको हो ।

छलफलमा सांसदहरुले देशको अर्थतन्त्रको मुल आधार कृषि क्षेत्रको विकासका लागि सरकारले नयाँ नीति बनाउन आवश्यक भएको बताउनु भयो ।

उहाँहरुले कृषि क्षेत्रको विकासबाट मात्र मुलुकको आर्थिक विकास संभव भएकोले कृषिको रुपान्तरण गर्ने गरी आगामी बजेटको रकम बढाएर ५ प्रतिशतसम्म पु¥याउन सुझाव दिनु भयो ।

सांसदहरुले कृषि उत्पादनहरुको उचित बजारीकरण,सिचाइका लगानी बढाउन र बाँझो जमिनको उपयोेग गरी उत्पादन बढाउने कार्यक्रम अघि सार्न कृषि मन्त्रालयलाई सुझाव दिनु भयो ।

सांसदहरुले जमिनको चक्लाबन्दी गरि कृषि भूमिको संरक्षण गर्न,स्वदेशमा जैविक मल कारखानाको स्थापना गर्न तथा देशका सबै पालिकाहरुमा शित भण्डारगृह निर्माण गर्ने कार्यक्रम अघि सार्न कृषि मन्त्रालयलाई सुझाव दिनु भयो ।

छलफलमा प्रतिनिधि सभाका २४ जना सांसदहरुले सहभागिता जनाउनु भएको थियो .
छलफलको समापन गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा सरकारले प्रदान गर्ने अनुदान वास्तविक किसानहरु सम्म पुगोस भनेर मन्त्रालयले आगामी आर्थिक बर्षमा किसानहरुलाई परिचयपत्र वितरण गर्ने सोंच बनाएको बताउनु भयो ।

मन्त्री साहले कृषिको उत्पादन बढाउन देशभर रहेको २ लाख हेक्टर बाँझो जमिनमा खेती गरी उत्पादन वृद्धि गर्न सकिने योजनामा छलफल भैरहेको समेत जानकारीदिनु भयो ।

मा प्रकाशित