बजेट लेखन शुरू गरेकाे अर्थ मन्त्रालयले माग्याे सुझाव

आर्थिक परिवेश
१९चैत्र, काठमाडौं ।   अर्थ मन्त्रालयले बजेट बनाउन सबैसँग सुझाव मागेको छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेसंगै बजेटका सम्बन्धमा सबैसँग सुझाव मागेकाे हाे ।

मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो ।

मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरूलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन आग्रह गरेको छ ।

त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले भनेको छ ।

 

अर्थ मन्त्रालयले शुरु गरयो बजेट लेखन

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएको जनाएको छ ।

मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले बजेट लेखन शूरु भएकोल अत्यावश्यक बाहेक घेटघाटका लागि नआइ दिन समेत अर्थ मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले बजेट निर्माणसँग सम्बन्धित सरोकारवालालाई पनि पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्नु भएको छ ।

नेपालको संविधानमा हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवसका दिन पारेर अर्थमन्त्रीले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने व्यवस्था रहेको छ ।

सरकारले बजेट निर्माणको कार्यतालिकामा हेरफेर गर्दै यो वर्ष बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरेर छलफल सकिएको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गर्नु भएको थियो ।

मा प्रकाशित