अब ३ महिनामा राजश्व संकलन बढ्छ : अर्थमन्त्री

आर्थिक परिवेश

२३ चैत,काठमाण्डौं।  अर्थमन्त्री वर्षमान पुन अनन्तले चालु आर्थिक वर्षको हालसम्मको राजश्व संकलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन नसकेको बताउनु भएकाे छ ।

राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरुका सचिवहरुसँग आगामी आर्थिक वर्षको बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा शुक्रबार आयोजित अन्तरक्रियामा अर्थमन्त्री पुनले लक्ष्य महत्वाकांक्षी राखिए पनि राजश्व वृद्धि अपेक्षित नभएको बताउनु भयाे  ।

चालु आर्थिक वर्षको ९ महिनामा हालसम्म ९ प्रतिशत हाराहारीमा मात्र राजश्व संकलन हुनु राम्रो नभएको उनको भनाइ थियो । यद्यपि आफू मन्त्री भएर आएको करिब एक महिनामा राजश्व संकलनमा केही सुधारका संकेत देखिएको मन्त्री पुनले बताउनु भयाे  ।

राजश्व चुहावट नियन्त्रणका लागि अर्थ र गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वयमा काम अघि बढेको भन्दै मन्त्री पुनले आर्थिक वर्षको बाँकी तीन महिनामा राजश्व संकलनमा सकारात्मक वृद्धि गर्ने लक्ष्य राखिएको अर्थमन्त्रीले  बताउनु भयाे ।

‘चालु आर्थिक वर्षमा ४१ प्रतिशत राजश्व संकलनको लक्ष्य राखिएकामा म आउँदा ९ प्रतिशत हारामारीमा मात्र वृद्धि रहेछ’, पुनले भने, ‘अर्थ र गृहको अन्तर मन्त्रालय समन्वयमा राजश्व चुहावट नियन्त्रणको काम सुरु गरिसकेका छौं । अब राजश्व संकलन बढ्छ ।’

मन्त्री पुनले श्रोतको सीमितताभित्र रहेर सत्ता गठन्धनले संविधानको दायराभित्रै बसेर तय गरेको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्षको बजेट निर्माणको काम सुरु भइसकेको जानकारी दिनु भयाे  ।

यो वर्षको बजेट कृषि उत्पादन वृद्धि,विगतमा पुँगीजत खर्चको अवस्था उत्साहजनक नहुने गरेको चर्चा गर्र्दै मन्त्री पुनले बिना अध्ययन र तयारी हचुवाका भरमा कार्यान्वयन हुन नसक्ने योजना यो वर्षको बजेटमा समावेश नगरिने मन्त्री पुनले स्पष्ट पार्नु भयाे  ।

उहाँले श्रोत सुनिश्चित भएका राष्ट्रिय गौरबका र प्राथमिकता प्राप्त अयोजनाहरूमा  समेत बजेट खर्च हुन नसक्नुको जवाफ राजनीतिक र प्रशानिक नेतृत्वले दिनुपर्ने बताउनु भयाे  ।

मन्त्री पुनले नियामक निकायका अनुसन्धानहरुका कारण कर्मचारी तन्त्र काम गर्न हच्किएको भन्ने चर्चा सुनेको भन्दै विधि, प्रक्रिया र कानून सम्मत काम गर्दा कोही आत्तिनु नपर्ने स्पष्ट पार्नु भयाे  ।

‘कर्मचारी तन्त्रमा काम गर्ने वातावरण छैन भनिन्छ । कसैले नियामक निकायको हस्तक्षेपले काम भएन भनेको पनि सुनिन्छ’, पुनले भन्नू भयाे , ‘कानून सम्मत काम गर्नेले नियामक निकायसँग डराउनुपर्दैन ।’

फरक प्रसंगमा मन्त्री पुनले प्रक्रिया पुगेर आएका पुरानो दायित्व भुक्तानीका फाइल मन्त्रालमा नरोकिने प्रतिबद्धता जनाए । आफू मन्त्री भएको एक महिनामा सामाजिक सुरक्षा, दूग्ध किसान तथा विकास आयोजनाका गरी ७० अर्ब भुक्तानी भइसकेको जानकारी अर्थमन्त्रीले उल्लेख गर्नु भयाे  ।

उहाँले खर्च हुन सक्ने र नतिजा आउने योजनाहरूलाई मात्र बजेटको प्राथमितामा राखिने जानकारी समेत छलफलका क्रममा गराउनु भयाे  ।

अर्को फरक प्रसंगमा मन्त्री पुनले विकास आयोजनाका कामका लागि विनियोजित रकम खर्च नगरी सरकारी निकायले बैंकहरुमा निक्षेपका रुपमा जम्मा गरेर ब्याज लिने प्रवृत्तिलाई विकृतिको संज्ञा दिनु भयाे  । आगामी वर्षबाट यस्तो प्रवृत्ति निरुत्साहित गरिने उहाँको भनाइ थियो ।

मा प्रकाशित