लुम्बिनी मुख्यमन्त्री जोखबहादुर महराबाट पद तथा गोपनीयताको शपथ

आर्थिक परिवेश

२५ चैत्र, रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । आज दिउँसो बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको शपथपछि तीन जना विना विभागीय मन्त्रीलाई शपथ गराउनुभएको छ ।

नेकपा एमालेबाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी(जसपा) बाट एक गरी तीनजना मन्त्रीको शपथ हुने भएको छ।

एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर बिना विभागीय मन्त्री बन्नुभएको हो।

मुख्यमन्त्रीले आजै देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

मा प्रकाशित