कतार र नेपाल सरकारबीच द्विपक्षीय वार्ता सम्पन्न

आर्थिक परिवेश

१२ बैशाख, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपालकाे भ्रमणमा रहनु भएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र नेपाल सरकार बीच आज  द्विपक्षीय  भेटवार्ता हुने भएकाे छ  ।

अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्म रहेकाे  छ ।

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ

त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग अादान प्रदान सम्बन्धी  विषयमा पनि सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

यस भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ ।

थानीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नु भएकाे  थियाे । साथै उहाँको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।

कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नु भयाे भने  गएराति नै राष्ट्रपति पौडेलले उहाँको सम्मानमा राजकीय भोजकाे समेत अायाेजना गर्नु भएकाे थियाे ।

उहाँको सम्मानमा नेपाल सरकारले मंगलबार नेपालभर सार्वजनिक बिदासमेत दिएको थियो ।

दुइपक्षीय भेटवार्ता तथा समभदारिमा हस्ताक्षर गरी खाना खाएर अमिर स्वदेश फर्कने कार्यक्रम रहेकाे छ ।

मा प्रकाशित