९ महिनामा २० अर्ब २९ करोड २२ लाखकाे धान, चामल, मकै पैठारी, काेदाेकाे पिठाे मात्रै १ अर्बकाे

आर्थिक परिवेश

१३ बैशाख, वीरगंज  मुलुकको प्रमुख भन्सार नाका वीरगंजको आईसिपी भन्सारबाट मात्र  चालु आर्थिक वर्षको ९ महिनामा २० अर्ब २९ करोड २१ लाख ६६ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न नेपाल भित्रिएको छ ।

वीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्त सम्म ६ अर्ब ९३ करोड २० लाख १२ हजार मूल्य बराबरको धान भित्रिएको छ भने १ अर्ब ३८ करोड १८ लाख ४९ हजार मूल्य बराबरको चामल भित्रिएको छ ।

त्यसैगरी आईसिपी भन्सार नाकाबाट सो अवधिमा ६ अर्ब ९३ करोड २० लाख १२ हजार मूल्य बराबरको मकै भित्रिएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यसैगरी वीरगंज नाकाबाट फापर, कोदोको पिठो लगायतका खाद्यान्न १ अर्ब ३८ करोड १८ लाख ४९ हजार मूल्य बराबरको भित्रिएको छ भने गहुँ ३ अर्ब ६६ करोड ४४ लाख ४४ हजार मूल्य बराबरको भित्रिएको छ ।

धान चामल, मकै र गहुँ लगायतका खाद्य सामग्रीबाट वीरगंज भन्सारले १ अर्ब १४ करोड ७५ लाख २४ हजार राजस्व असुली गरेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।

गत वर्ष वीरगंज नाकाबाट सो अवधिमा १७ अर्ब ७ करोड ४५ लाख ३९ हजार मूल्य बराबरको धान, चाम, मकै, फापर कोदो तथा गहुँ लगायतका खाद्यान्न भित्रिएको र सो बापत १ अर्ब ७ लाख ५५ हजार राजस्व असुली भएको भन्सार प्रशासक पन्थीले बताउनु भयो ।

मा प्रकाशित