२० बैशाख, काठमाडौँ । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेकाेले वातावरणमा प्रदुषणकाे समस्या देश भर देखा परेकाे छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहिवार बैशाख २० गते सम्ममा ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ ।
प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताउनुभयो ।
“आज पनि देशभर डढेलोको अवस्था बिकराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उहाँले भन्नुभयो, “पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।”
उहाँका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन् । उहाँका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरू हुन्छन् ।
“८० प्रतिशत वन डढेलाको घटनाहरू फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरू हुने गर्छन् ।
यसकारण अहिले हामी उच्च जोखिमको समयमा छौँ”, शर्माले भन्नुभयो । मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरू हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उहाँले बताउनुभयो ।
प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको थियो ।
संघीय प्रदेश तथा स्थानिय सरकारले डढेलाे नियन्त्रणामा प्रयाप्त सूचना संप्रेषणकाे अभावमा पनि त्यसता घटना दिन प्रतिदिन बढ्दै गएकाे गएकाेले सबै तहका सरकारले यसमा समन्वयात्मक भूमिका खेल्नु पर्नेमा वातावरणविदहरूले जाेड दिएका छन् ।
मा प्रकाशित