शुक्रवार  सुनकाे मुल्य  तोलामा दुई हजार तीन सय रूपैयाले वृद्धि

आर्थिक परिवेश

  २८ बैशाख,  काठमाडौँ ।   स्थानीय बजारमा शुक्रवार  सुनकाे मुल्य  तोलामा दुई हजार तीन सय रूपैयाले वृद्धि भएको छ ।

छाप भएकाे सुन बिहीबार प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयामा कारोबार भएको छ । आजका लागि भने छाप भएकाे  सुन तोलामा एक लाख ३७ हजार नौ सय ब मूल्य निर्धारण  भइ काराेवार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयामा कारोबार भएको थियो । शुक्रवार तेजाबी सुन एक लाख ३७ हजार दुई सय ५० रूपैयामा काराेवार भएकाे छ ।

यसैगरी, यस दिन चाँदी भने तोलामा ५० रूपैयाले बृद्धि भएको छ । बिहिबार प्रतितोला एक हजार छ सय ८५ मा कारोबार भएकामा शुक्रवारका लागि भने एक हजार सात सय ३५ रूपैया  निर्धारण भएर काराेवार भएकाे छ ।

मा प्रकाशित