०१ जेठ,काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषदले आगामी आर्थिक बर्ष २०८१। २०८२ काे नेपाल सरकारकाे नीति तथा कार्यक्रम पारित गरेको छ ।
मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने नेपाल सरकारकाे नीति तथा कार्यक्रम पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी, बैठकले १६ औँ पञ्चवर्षीय योजनालाई पारित समेत गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।
मा प्रकाशित