०२ जेठ, काठमाडाैं । सोह्रौँ पञ्चबर्षिय योजना कार्यान्वयनका लागि करिब १ सय ११ खर्ब लागत लाग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोगले बुधवार सार्वजनिक गरेको आगमी आर्थिक बर्ष साउन १ गते देखिलागु हुने सोह्रौ योजना कार्यान्वयन गर्न करिब १ सय ११ खर्ब लागत अनुमान गरिएको हो ।
आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मङ्गलबार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको योजना र लागत अनुमानबारे जानकारी दिँदै कार्यान्वयनका लागि आवश्यक लगानीमा समस्या नहुने बताउनुभयो ।
त्यसैगरी आयोगका प्रवक्ता यमलाल भुसालले सोह्रौँ योजनाले लिएका लक्ष्य कार्यन्वयनका लागि आवश्यक एक सय ११ खर्बभन्दा बढि लागत लाग्ने र लागत सुनिश्चिताका लागि नीजि क्षेत्रको साझोदारी बढाइने बताउनु भयो ।
आगामी १६ औं योजनाले मुलुकको विकासका लागि संरचनात्मक रूपान्तणका क्षेत्रहरू अघि सारेको छ ।
योजनाले आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।
योजना अवधीमा नेपालको प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पु¥याउने लक्ष्य रहेको छ । सोह्राँै योजनाले गरिबीको रेखामुनी रहेको जनसङ्ख्या २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।
यसैगरी अपेक्षित आयु ७१.३ बाट ७३ वर्ष पु¥याउने लक्ष्य रहेको छ । ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ७७ बाट ९० प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ।
याेजनाले उच्च मध्यमस्तरको खानेपानीको पहुँच भएको घरपरिवार २५.८ बाट ४५ प्रतिशत पु¥याउने लक्ष्य रहेको छ । साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ।
मा प्रकाशित