३ जेठ, काठमाडौं । बिहिवार नेपाली बजारमा सुन र चाँदीकाे मुल्यले उच्च रेकर्ड बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको र साेही अनुसार काराेवार भएकाे छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय रूपैयाले बढी हो भने हालसम्मकै उच्च मुल्य हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको नेपाल सुन चाँदी व्यवसायी महासंङले जनाएकाे छ ।
वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन क्रमिक रुपमा घट्दै १९ गते १ लाख ३४ हजार ५ सय रुपैयाँमा झर्यो ।
त्यसयता सुनको भाउ फेरि उकालो लागेको हो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।
बिहिवार नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि प्रतितोला एक हजार पाँच सय ५० ले बढेर प्रतितोला एक लाख ३९ हजार तीन सय पुगेको छ ।
साथै चाँदीको भाउ बिहिवार प्रतितोला ६० ले बढेर एक हजार आठ सय पाँच पुगेको छ ।
मा प्रकाशित