०६ जेठ काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्व रुपैया पुरयाउने गरी योजना तर्जुमा गरेको छ ।
चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नया कार्यसमितिले आगामी ३ वर्षमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन कार्ययोजना तयार गरेको हो ।
तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन, तथा सूचनाप्रविधि क्षेत्रमा स्वदेशीसंगै विदेशी लगानी आर्कषित गरी उत्पादनदेखि बजारीकरणसम्म सहजीकरण गरिने चेम्बरले उल्लेख गरेको छ ।
रणनीतिक सुधार योजना, राजश्वमा नीतिगत सुधार, वित्तीय व्यवस्थापन र कृषिको उत्पादन वृद्धि एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि चेम्बरले ४९ बुँदाको कार्यक्रम कार्ययोजना तय गरेको हो ।
‘विश्व व्यापार संगठनको सदस्य बनेयता नेपालले निरन्तर व्यापार घाटा बेहोरिरहेको ।
हाल आयातको हिस्सा ९० र निर्यातको हिस्सा १० प्रतिशतको अनुपातमा रहेकोले त्यसलाई घटाउन निर्यात योग्य बस्तुहरुको पहिचान एवं प्रर्वद्धन गरी निर्यातको वतावरण बनाउने चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ।
बार्षिक १० खर्व रुपैयाँको निर्यात क्षेमता पु¥याउने गरी ठोस निर्यात प्रर्वद्धन रणनीतिक योजना तर्जुमाका लागि पहल गर्ने सातै प्रदेशमा निर्यात घर स्थापना सम्वन्धी अवधारणाको व्यवहारिक कार्यन्वयनका लागि पहल गर्ने चेम्बरले उल्लेख गरेको छ ।
व्यापार प्रर्वद्धनका लागि निर्यात सहजीकरण एवं अन्तराष्ट्रियस्तरको क्वारेन्टिन ल्याव स्थापनाका लागि पहल समेत गर्ने र रेमिट्यान्सलाई उत्पादन मुलुक क्षेत्रमा प्रोत्साहन गर्न नीतिगत कार्ययोजना बनाउने चेम्बरले जनाएको छ ।
मा प्रकाशित