०८ जेठ,काठमाडाैं । नेपाल र संयु्क्त अधिराज्य(बेलायत)बीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ्ग स्ट्रिटमा मंगलवार एक विशेष समारोहको आयोजना गरिएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दे बेलायती प्रधानमन्त्री ऋषि सुनाकलेनेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको बिभिन्न आयामहरुको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गर्नुभयो ।
बेलायती राजा चार्ल्सको विगतको नेपाल भ्रमणको स्मरण गर्दैउहाँले बिभिन्न क्षेत्रमा ख्यातिप्राप्तबेलायतमा रहेकानेपाली डायस्पोराको काम र उपलब्धिबाट आफु प्रेरित भएको बताउनुभयो।
आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने बताउनुभयो।
बेलायतका लागि नेपाली राजदूत महामहिम श्री ज्ञानचन्द्र आचार्यले नेपालका सम्माननीय प्रधानमन्त्रीका तर्फबाट शुभकामना व्यक्त गर्नुभयो।
उहाँले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्वको बारेमा जानकारी दिंदै उक्त सन्धिपश्चात्अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नु भयो।
नेपालमाहालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल गरेका प्रगतिका बारेमाजानकारी दिंदै उहाँलेबेलायतले नेपालको विकासमा पुर्याएको सहयोगको लागि धन्यवाददिनुभयो।
साथै, आगामी १०० वर्षमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रहरुमा विस्तार गरी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बेलायतमा बिभिन्न पेशा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खाहरु,बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरु एवं नेपालका बेलायती मित्रहरुको उपस्थिति रहेको थियो।
नेपाल तथा बेलायतबीचसन् १९२३ को मैत्री सन्धी हस्ताक्षर भएकोसय वर्ष पुगेको उपलक्ष्यमाबिभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने सिलसिलामा नेपाली राजदूतावास र बेलायती परराष्ट्र मन्त्रालयबीच छलफल भए अनुसार र नेपाली समुदायको सहयोगमा यो समारोह सम्पन्न भएको हो।
यस अवसरलाई मनाउने क्रममा नेपालमाप्रधानमन्त्री कार्यालय सिंहदरबारमा उक्त सन्धि हस्ताक्षर भएकै दिन २१ डिसेम्बर २०२३ मा सन्धि हस्ताक्षर भएकै हलमा एक विशेष कार्यक्रमको आयोजना गरिएको नेपाली राजदूतावास, लण्डनले जनाएकाे छ।
मा प्रकाशित