०९जेठ,बीरगंज । बीरगंज भन्सार नाका हुदै आर्थिक बर्ष २०८०/०८१ को १० महिनामा भारत तथा तेश्रो मुलुक तर्फ २१ अर्ब ५० करोड, १६ लाख ७५ हजार मुल्यको नेपाली उत्पादन निकासी भएको छ ।
वीरगंज नाका हुदै भारत, डेनमार्क,अष्ट्रेलिया,अमेरिका, चीन, रुस, फिलिपिन्स, थाईल्याण्ड लगायतका मुलुकहरुमा तेल, जुस, कपडा लगायतका मुलुकमा नेपाली उत्पादन तथा जडीबुटि निकासी भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।
आईसिपी भन्सार नाका हुदै १० महिनाको अवधिमा ६ अर्ब ८१ करोड १८ लाख ९२ हजार मुल्य बराबरको फलफुलको जुस भारत निर्यात भएको छ भने ६५ करोड ९१ लाख ७२ हजार मुल्य बराबरको पाम आयल निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले बताउनु भयो ।
बीरगंज भन्सार नाकाबाट ७२ करोड ८ लाख ७१ हजार मुल्य बराबरको सेन्थेटिक यार्न, ५८ करोड ३० लाख ४१ हजार मुल्य बराबरको आयुर्वेदिक तथा होमियापेथिक औषधीको कच्चा पदार्थ भारत तथा तेश्रो मुलुक निर्यात भएको छ ।
मा प्रकाशित