कार्यदलले प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझायाे

आर्थिक परिवेश

१५ जेठ, काठमाडाैं ।   सरकारले गठन गरेकाे संसदको गतिरोध अन्त्य गर्नका लागि आवस्यक राजनैतिक सहमतिसहित संसदिय समिति गठन र समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाएको छ ।

उक्त अवसरमा कार्यदल संयोजक तथा कानुनमन्त्री पदम गिरीले प्रधानमन्त्रीज्यूको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपुर्ण नेतृत्वको कारण कार्यदलले सहि रूपमा काम गर्न सकेको बताउनु हुँदै जिम्मेवारी प्रदान गर्नु भएकोमा प्रधानमन्त्रीसहित नेतृत्वगणप्रति आभार प्रकट गर्नुभयो ।

प्रधानमन्त्री दाहालले  आफ्नो भुमिकालाई कुशलतापुर्वक पूरा गर्नु भएकोमा कार्यदल संयोजक सहित सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।

 

 

मा प्रकाशित